Categories
मनोरञ्जन समाचार home

बलिरहेको आगोमा घिउ थपिदै जिल्ला देखि स्थानीय तह सम्म कृयशिल सदस्यता बाट नाम हटाइएकाहरु आक्रोशित

नेपाली कांग्रेसको १४ महाधिवेशन हुँदै गर्दा डडेलधुरामा भने कांग्रेस कार्य समितीमा गुट उपगुट बिच अनेकौ निउ नबाइ आपसमा झै-झगडा गरि महाधिवेशनको स्वागत गर्दै गर्दा स्थानीय तह देखि केन्द्र सम्म कृयसिल सदस्यको नाम अनशन देखि बिरोध प्रदशन भइरहेको छ । बर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा गृह जिल्लामा भने अधिबेशन पुर्ब हिजो पार्टी कार्यालयमा बैठकमै एक अर्कोमा हात पात कुर्जी तोडफोड गरि महान कार्य् गरे जस्तो अनुभुती गरि रहेका छन .. अहिले डडेलधुरि कांग्रेस .
त्यसै गरि डडेलधुरा नबदुर्गा गाउँपालिका वडा न. 1 कांग्रेस कार्यसमितिले भने कृयसिल सदस्यता रकम फिर्ता गरेर झगडालाई झन बलेको आगोमा तेल हाल्दै गरेको कुरो स्थानीय कांग्रेसप्रेमीले बताइ रहेका छन .. आखेरी कांग्रेस र समाज राष्ट्र कै लागि त्याग गरेकाहरुले कृयसिल सद्स्यता नपाएको र गुट उपगुट हेरेर सडस्यता नाम हटाएको जानकारी बाहिरिएको छ।
स्रोत . नबदुर्गा 1 कोटेली स्थानिय कांग्रेसप्रेमी

Categories
मनोरञ्जन समाचार blog

8 दिन प्रहरी हिरासतमा बसेर निर्दोष साबित भएका पत्रकारको यो बयान पढ्नु होला! रगत उम्लिन्छ 😞:- ज्वाला सङ्रौला

कृपया अलिकति समय निकालेर लागूऔषध सम्बन्धी कसूरमा नौ दिन प्रहरी हिरासतमा बसेर निर्दोष साबित भएका पत्रकारको यो बयान पढ्नु होला! रगत उम्लिन्छ 😞

‘रौतहट एक्सप्रेस’को कार्यालयमा बसिरहेका बेला ग्रीन सिग्नल होटलका सञ्चालकले फोन गरे । ‘होटल खोलेको दुई–तीन महीना भइसक्यो, प्रचार भएको छैन, विज्ञापन गरिदिनुपर्‍यो, आउनु न’ फोनमा मलाई भनियो

मैले आधा घन्टापछि आउँछु भनें । गुलाब भन्ने भाइलाई लिएर बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलमा होटल गएँ । होटलको तल औषधि पसल छ, त्यहाँ मोटरसाइकल पार्क गर्‍यौं र होटलमा गएर फोटो भिडियो खिचें । विज्ञापन छाप्ने पनि कुरा भएपछि मैले निस्किन खोजें । तर, साहुले ‘दाइ, कहिल्यै आउनुहुन्न । खाजा खाएन जानु न’ भने ।
अफिसमा अरू काम भएकाले मैले इन्कार गर्न खोजें । तर उनैले जबरजस्ती गरेर बसाए । आफैं पकाएर ल्याउँछु भनेर भान्सामा छिरेपछि बस्यौं । खाजा खाँदा झण्डै एक घन्टा बित्यो ।
०००
भाइलाई साँचो दिएँ, म पछाडि बसें । १० मिटर जति अगाडि बढेपछि ६ जनाले मोटरसाइकल रोके । शुरूमा नचिने पनि केहीबेरमा सादा पोशाकका प्रहरी रहेछन् भन्ने थाहा भयो ।
काममा गएर फर्किएको एउटा पत्रकारलाई एकैछिनमा प्रहरीले ठूलो अपराधी जसरी व्यवहार गर्‍यो । मोटरसाइकल रोकेर छामछाम–छुमछुम गर्न थाल्यो । कुनै हत्या आरोपीलाई जस्तो व्यवहार गर्न थालेपछि अचम्मित भएँ । प्रहरीले मोटरसाइकलको सिट खोल्न खोज्यो– मैले यहाँ होइन, मिस्त्री कहाँ जाउँ भने!

फुटाउन खोजेकाले मैले नजिकै रहेको साइकल बनाउने ठाउँमा जान भनेको थिएँ । त्यहाँ गएर सिट खोल्दा केही भेटिएन । त्यसपछि फिल्टरको नट पनि खोल्न खोज्दै थिए । तर एउटा प्रहरी ‘मलाई थाहा छ, कहाँ राखेको छ’ भन्दै अगाडि बढे ।
एकैछिनमा लेगार्डमुनि बाँधेको जस्तो अवस्थामा ७ वटा ट्याब्लेट निकाले । म तीनछक्क परें । समाचार लेखेको र पत्रकार सम्मेलनमा देखेको कुरा मेरो मोटरसाइकलमा कसरी आयो ? मैले केही सोच्नै सकिरहेको थिइनँ ।
०००
मलाई त्यहाँबाट प्रहरीले मोटरसाइकलमै राखेर जिल्ला प्रहरी कार्यालय, रौतहटमा ल्यायो । केहीबेर कन्ट्रोल रूममा राख्यो, त्यसपछि जिल्लाका डीएसपी नारायणप्रसाद चिमरिया आए । उनले अपशब्द बोल्दै ‘लागूऔषधको काम गर्छस्’ भन्दै गाली गर्न थाले । ‘दुई/तीन वर्षदेखि काम गरिरहेको थिस्, कसैले समातेन । हेर अब म तँलाई १० वर्षसम्म जेल हाल्छु’ भन्दै सुन्नै नसकिने शब्दहरू प्रयोग गरे ।
मलाई हरेक घटना अनौठो लागिरहेको थियो । मैले डीएसपी चिमरियालाई ‘सर, म त्यस्तो काम गर्दिनँ । म पत्रकार मान्छे, समाजमा जनचेतना फैलाउने काम गर्छु’ भनें । तर उनले उल्टै गाली गरे ।
मैले धेरै आग्रह, अनुनय–विनय गर्दा पनि चिमरिया रोकिएनन् । गाली गरिरहे । म प्रहरी कार्यालयमा पुग्नुअघि नै कागजहरू तयार गरिएको रहेछ । मलाई १० मिनेटमै मेडिकल जाँचका लागि लगिएको थियो । त्यसपछि क्वारेन्टिनमा राखियो ।
सामान्यतया प्रहरीले २४ घन्टा पुग्न लागेपछि अदालतमा लैजान्छ, म्याद थपका लागि । तर मेरो हकमा प्रहरीले यति हतार गर्‍यो कि १० बजे खुल्ने अदालतमा ९ बजे नै पुर्‍यायो । साढे ८ मै सरकारी वकिलको कार्यालयमा लगिसकेको थियो ।
अदालतमा लगेर आधा घन्टा गाडीमा राखेको थियो । मलाई ठूलो अपराधी सरह गरेर राख्यो । अदालतले ८ दिनको म्याद थप्यो र प्रहरीले क्वारेन्टिनमा ल्यायो । भोलिपल्ट अस्पतालमा लगेर पीसीआर जाँच गर्दा नेगेटिभ आएपछि प्रहरी हिरासतमा राख्यो ।
भदौ २ गतेबाट म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएँ । हिरासतमा विभिन्न मुद्दाका आरोपीहरू थिए, मलाई त्यहाँ बस्दा एकदमै अमिलो महसुस भयो । हिरासतमा बस्दा मलाई राति १०/११ बजेतिर निकालेर मुद्दा फाँटमा लगिन्थ्यो । सोधपुछ गरिन्थ्यो, म एउटा कुरा गरिरहेको हुन्थें, अर्कै कागज बनिरहेको थियो ।
मैले होटलवालाले बोलाएको भनिरहेको थिएँ । प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट तस्करी गरेको हो भनेर टाइप गरिरहेको थियो । मैले यो कागजमा लेखेको कुरा केही मान्दिनँ भनिरहेको थिएँ तर प्रहरी रोकिएन । फेरि सरकारी वकिलको कार्यालयमा बयान दिन जाँदा मैले प्रहरीले जबरजस्ती कागज गराएको बताएँ । त्यसपछि सरकारी वकिलले नै फेरि बयान गराउन भनेको थियो ।

हिरासतमा बसुञ्जेल हरेक दिन आफैंलाई कस्तो पेशा रोजेछु जस्तो लाग्थ्यो । गल्ती नगरी जेल बस्नु पर्दा असाध्यै पीडा हुँदोरहेछ । म कसरी फसें भन्ने हरेक दिन सोचिरहन्थें ।
एउटा ६ वर्षको सहित तीन जना छोरा छन् । श्रीमती, आमाबुवाले के सोच्नुभयो होला भन्ने चिन्ताले पिरोल्यो । परिवारलाई पनि भेट्न दिएन । अरू मुद्दामा त भेटघाट गर्न पनि दिन्छ । तर मलाई चाहिं किन अत्यन्तै गम्भीर अपराध गरे जस्तो व्यवहार गर्‍यो ।
आमालाई पनि भगाइदियो । बुवालाई पनि भेट्न दिएन । बल्लबल्ल १० पटकको प्रयासमा काठमाडौंबाट आउनुभएको दाइलाई चाहिं एकपटक भेट्न पाएँ । होटलको तल सीसी क्यामरा छ भन्ने थाहा थियो । मैले उहाँलाई क्यामरा चेक गरिदिन भनें ।
तर त्यसका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुपर्ने रहेछ । प्रहरी कार्यालयमा दाइ जाँदा निवेदन फ्याँकिदिए । कतिपटक त कार्यालयमा जानै दिएनन् । तर पनि लामो समयसम्म दाइले भनिरहे पनि कागज दर्ता नगरे पनि त्यतिकै राखिदियो । तर फुटेज पाउन सकिनँ ।
पछि पत्रकार मदन ठाकुर दाइले चिनजानको आधारमा सीसीटीभी फुटेज हात पार्नुभयो । त्यसमा कसैले मेरो मोटरसाइकलमा लागूऔषध राखिदिएको देखियो । यो थाहा पाएपछि मैले ठूलो सास फेरें ।

दाइले निवेदन दिने बित्तिकै जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी र घुमुवा प्रहरी सबैलाई तनाव भइसकेको रहेछ । त्यहीबीचमा भिडियो पनि डिलिट गराउने प्रयास पनि भएछ । औषधि पसलवालालाई पैसाको अफर पनि गरिएछ तर, उनले म फस्ने काम गर्दिनँ भन्दै डिलिट गर्न मानेनछन् ।
पछि डीएसपी नारायण चिमरियालाई पेन ड्राइभमा फुटेज दियौं । उहाँले हेर्ने आश्वासन दिए पनि केही भएन । गालीगलौज गर्ने क्रम पनि रोकिएन । त्यसपछि साथीहरूले फुटेज बाहिर ल्याउनुभयो ।
०००
मैले प्रहरीले गरेको पत्रकार सम्मेलनमा पनि प्रहरीको व्यवहारबारे बोलेको थिएँ । डीएसपी चमरिया निन्याउरो मुख लगाएर बसिराख्नुभयो, मलाई एक शब्दसम्म केही भन्नुभएन । छाड्ने बेलासम्म पनि कसैले ‘सरी’सम्म पनि भनेन । निर्दोष मान्छेलाई अनाहकमा दुःख दियो ।
म प्रहरीको चाप्लुसी गर्न जान्दिनँ । सीमावर्ती क्षेत्र भएकाले यहाँ तस्करी हुन्छ, त्यसको बारेमा समाचार लेख्छु । भ्रष्टाचार भइरहेको हुन्छ, त्यसबारे लेख्छु । यिनै विषयलाई लिएर मलाई रिसइबी साधिएको हुनसक्छ ।
हिजो एसपी सा’बले म पक्राउ गरेपछि खुशी व्यक्त गरेको अडियो पनि सार्वजनिक भएको छ । यसले घटनामा घुमुवा प्रहरी मात्र छन् भन्ने देखाउँदैन । को कहाँबाट सञ्चालित छन् भन्ने विषयमा अनुसन्धान हुनुपर्छ ।
मलाई अनाहकमा पक्राउ गराउने कार्यमा संलग्न कसैलाई पनि छुट नहोस् । म त विनासित्तिमा ९ दिन हिरासत बसें, मैले जस्तो अरू कसैले भोग्नु नपरोस् । अब हुने छानबिनमा पनि कुनै पनि निर्दोष व्यक्ति नफसोस्, दोषीलाई नछोडोस् । प्रहरीले बार्गेनिङ नगरोस्, यति भए मैले न्याय पाएको महसूस गर्नेछु

(लागूऔषध सम्बन्धी कसूरमा नौ दिन प्रहरी हिरासतमा बसेर निर्दोष साबित भएका पत्रकार मोहम्मदसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

Categories
home

नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो।

संस्कृति
नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो। केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन्। यहाँको भेषभूषा, भाषा तथा पकवानहरूमा धेरै समानताहरू पाइन्छन्। वैदिक सनातन एवं प्राकृतिक धर्ममा विश्वास गर्ने नेपालीहरूले मनाउने प्रमुख पर्व दसैं हो। यो पर्व शरद ऋतु अर्थात् आश्विन शुक्ल पक्षमा पर्छ जसलाई देवी पक्ष पनि भनिन्छ। उक्त पन्ध्र दिनभित्र आदिशक्ति देवी भगवतीलाई प्रसन्न पार्न अनेकौं धार्मिक अनुष्ठान एवं पूजा-आराधना गरिन्छ। हुन त यस्ता देवी पक्षहरू वर्षमा तीनवटा पर्छन। असोजको यो कालरात्रि पर्ने देवीपक्षबाहेक कार्तिकमा सुखरात्रि तथा चैत्रमा महारात्रि पनि पर्छ। यीमध्ये आश्विन शुक्लमा पर्ने कालरात्रिलाई विशेष रूपमा मनाउने चलन छ जसअन्तर्गत बडादसैं पर्छ। यस्ता विशेष अवसरमा गरिने पूजा वा साधनाले विशेष फल दिलाउने जनविश्वास रहिआएको छ। त्यसैले दसैंका नौ दिनसम्म भगवतीको विशेष पूजाआजा गरी दसौं दिन प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ। पूजा गरेर प्रसाद ग्रहण गर्ने क्रम पूणिर्मासम्म रहन्छ। पूणिर्माका दिन जमरा विसर्जन गरेपछि देवीको पूजा पनि समाप्त हुन्छ।

शक्तिस्वरूपा देवी भगवतीका अनेकौं स्वरूप छन। ती स्वरूपको वर्णन दुर्गा शप्तशती एवं देवीभागवतजस्ता ग्रन्थहरूमा भेटिन्छ। तीमध्ये प्रमुख रूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नाम गरेका देवीको पूजा-आराधना दसैंका नौ दिनसम्म क्रमैसँग हुन्छ। जसलाई नवदुर्गाका नामले चिनिन्छ। नवदुर्गाको पूजा गर्नाले सारा पाप नाश भै मनका चाहना पूरा हुने विश्वास गरिन्छ। यी देवीहरू समस्त प्राणीका शरीरमा माता, विद्या, लक्ष्मी, शक्ति, बुद्धि, माया, शान्ति, धृति, क्षमा, दया, निद्रा आदि स्वरूपमा विराजमान छन। दसैंका बेलामा आफूमा निहित ती शक्तिलाई प्रकट गरेर अभीष्ट पूरा गर्ने मनसायले प्रेरित भै मानिसहरूले अनेकौं साधना गर्छन।

दैवी शक्तिको आशीर्वाद पाएर विष्णुले मधुकैटभ नामक दैत्यको विनाश गरे। शक्तिकै सहायता पाएर देवताहरूले असुरमाथि विजय प्राप्त गरे। भृगु, अङ्गरिा, वशिष्ठ, विश्वामित्र, कात्यायन, जैमिनीप्रभृति ऋषिमुनिहरूले शक्तिको उपासनाबाटै सफलता प्राप्त गरे। राम, कृष्ण, युधिष्ठिर आदि पनि दुर्गा भवानीकै साधना र भक्ति गरेर महापुरुष भए। ब्रह्मा, विष्णु, महेशजस्ता त्रिदेव पनि महेश्वरीकै कृपा पाएर सृष्टि सञ्चालन गर्छन। त्यसैले देवीलाई सनातन वैदिक धर्ममा शक्तिको प्रतीक मानेर सम्मान गरिन्छ। उनको शक्तिबिना कुनै कार्य हुन सक्दैन। त्यसो भएको हुनाले मातृशक्तिका रूपमा पुजिने भगवतीको कृपा प्राप्त गर्न दसैंको अवसर पारेर उनलाई रिझाउने प्रयास गरिन्छ।

घटस्थापनाका दिनदेखि सुरु हुने दसैंको पहिलो दिन देवी स्थापना गरेर जमरा राख्ने कार्य हुन्छ । उक्त दिन व्यक्तिगत रूपमा घरैमा तथा सामुहिक रूपमा विभिन्न देवी मन्दिर एवं कोतघरहरूमा जमरा राखिन्छ। सम्पूर्ण विधि पुर्याएर जमरा राख्ने कार्यसँगै दुर्गा शप्तशतीको पाठ पनि गरिन्छ। बिहान नुहाइधुवाइ गरी शुद्ध भएर पाठपूजा गर्ने, बेलुका सधैं आरती गर्ने कार्य दसैंभरि नियमित गर्नुपर्छ। पाँचौं दिनसम्म यही क्रम जारी रहन्छ भने छैटौं दिन विल्व निमन्त्रणा अर्थात् बेलको पातले पूजा गरिन्छ। सातौं वा सप्तमीका दिन फूलपाती भित्र्याइन्छ। फूलपाती भित्र्याउन केरा, दारिम, धान, हलेदो, बेलपत्र, अशोक, जयन्ती, उखु र मानेजस्ता नौवटा लहरापात एवं जातजातका फूल चाहिन्छ। अष्टमीका दिन राति कालरात्रिको पूजा गरेर बलि दिने तथा होमादि गर्ने कार्य हुन्छ। त्यस दिन कसैकसैले रातभरि भजन-कीर्तन पनि गर्छन। नवमीका दिन देवीलाई बोका, कुखुरा, हाँस, परेवा, राँगा, पाठी आदि पशुबलि दिइन्छ। ब्राह्मणलाई जीवबलि शास्त्रले नै निषेध गरेको छ। त्यसैले ब्राह्मण तथा अन्य शाकाहारीले कुभिन्डो, नरिवल, उखु वा अन्य कुनै फल, पायस तथा मासको पीठोबाट पशुको आकृति बनाएर बलि दिन्छन। देवी सबैकी मातास्वरूप भएकीले बलि दिनैपर्छ भन्ने छैन। बलि दिने कार्यमा तान्त्रिक परम्पराको प्रभाव गाँसिएको छ। नेपालमा पहिले तन्त्रको ज्यादै प्रचलन भएकाले पनि हुनसक्छ, नेपाली शक्तिपीठहरूमा असंख्य पशुपन्छीको बलि चढाइन्छ। देवीलाई खुसी पार्न सात्विक भावले आफूभित्रको पाशविक प्रवृत्तिलाई बलि दिनु नै उपयुक्त हुन्छ भन्ने कुरा नबुझेर नै पशुपन्छीको घाँटी रेट्ने कार्य भैरहेको हो कि ? तसर्थ शक्ति र साधनाको पर्व दसैंलाई हिंसारहित बनाउने कार्यमा लाग्नु पनि शक्ति प्राप्त गर्ने राम्रो उपाय हुनसक्छ। यसैगरी नवमीकै दिन नवदुर्गा देवीको स्वरूप मानेर नौवटी कन्यालाई यथाशक्ति पूजा गरी भोजन, वस्त्र एवं दक्षिणा अर्पण गरिन्छ।

दशमी अर्थात् टीका लगाउने दिन आफूभन्दा ठूला मानिसका हातबाट टीका-जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ। त्रेता युगमा यसै दिन श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको प्रसङ्ग आउँछ। यसका लागि रामले नारदको उपदेशबाट नौ दिनसम्म दुर्गा देवीको आराधना गरेको र दसौं दिन रावणमाथि विजय पाएको कथा प्रचलित छ। यसरी रावणमाथि रामले विजय पाएको हुनाले यस दिनलाई विजयादशमी अर्थात् बडादसैं भनिएको हो।

महाकाली, महालक्ष्मी एवं महासरस्वतीको पूजा-आराधना गरेर जन्मजन्मान्तरका लागि शक्ति आर्जन गर्न सकिने सद्विश्वासकै कारण शक्ति र साधनाको पर्व दसैं मनाउन थालिएको हो। सबै शक्तिपीठमा प्रतिपदादेखि देवीको पूजा हुने भए पनि कुनै कुनैमा दशमीका दिन र त्यसपछि क्रमिक रूपमा कोजाग्रत पूणिर्माका दिनसम्म विसर्जन गर्ने परम्परा छ। अधिराज्यका कतिपय भागमा विजयादशमीको दिन मात्र टीका लगाउने चलन देखिए पनि कतै-कतै आफ्नो परम्पराअनुसार दशमीदेखि पूणिर्मासम्म टीका लगाउने चलन छ।

दसैं विशेष गरी नारी जातिको महिमा गाइने पर्व हो। ‘यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् मानव सभ्यताको सुरूदेखि नै जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् भन्दै आएको सनातन संस्कृतिले समग्र नारीजातिलाई मातृशक्तिका रूपमा आदर गर्दै आएको छ। महिषासुर, शुम्भ-निशुम्भ, रक्तबीज, चण्डमुण्डजस्ता असुरहरूलाई ठेगान लगाउन देवताहरू नारीशक्तिकै आश्रयमा गएको देखिन्छ। नारीबिनाको पुरुष अधूरो हुने भएकाले नारी शक्तिको उपासना गर्नुपर्छ भन्ने भावना जगाउन अहम् भूमिका निर्वाह गर्ने दसैंलाई आफ्नो शक्तिअनुसार मनाउनु उपयुक्त हुन्छ।
(रमेश कडायत साँफेबगर नगरपालिका वडा नं 12 खप्तड पुत्रु अछाम सम्पर्क नं 9863402408 )
Email-rameshkadayat5@gmail.com

Categories
home

मदिरा पसले माथी चक्कु प्रहार 🤔

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवाका व्यापारी खेमराज अवस्थी माथि चक्कुर प्रहार भएको हो । नवदुर्गा गाउँपालिका वडा नम्बर २ बस्ने अवस्थी जेके मदिरा पसलमा भएको बेला गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का युवाहरुको समुहले चक्कु प्रहार गरेको पिडीतले बताए । घाईते अवस्थीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरीएको छ । उनको कान, दायाँ हातको पाखुरामा चक्कुको घाउ छन् भने पसलमा समेत तोडफोट गरीएको छ । बिहीबार साझाँ ५ बजे युवाको समुहले रक्सी महंगो विक्री किन गर्छस भन्दै ४-५ जना युवाको समुहले उनलाई कुटपीट समेत गरेको जनाएको छ । स्याउले अस्थायी प्रहरी पोष्ट घटनास्थल पुगेर फोटो खिचेर फिर्ता भएको छ । युवा समुह दिउँसौ चक्कु बोकेर हिडदाँ पनि खोजी नगरेको भन्दै स्थानीय आक्रोसित  छन  । उक्त स्थानमा समय समयमा पसलबाट चोरी हुने घटनाहरु पनि बढेका छन् । तर प्रहरी सक्रियता भने शुन्य जस्तै रहेको स्थानीयको आरोप छ ।

Categories
home

LB BISHWAKARMA: बिस्वमा यसरि पठन पाठन सुरु भैसक्यो नेपालमा विद्यार्थी हरुको भबिस्य अन्धकार

बिषयअनलाईनकलास :- हाम्रो देश कति सम्म सुरक्षीत छ स्कुल दुई दुई बर्ष भयो बन्द को बन्द छ अनलाइन कलास चलाइरहेको छ मासिक सुल्क शिक्षक हरुले पनि लिनुभएकै छ नेट इन्टरनेट बाटै भएपनि पढाउनु भएकै छ तर य‍ो रमाइलो कहाँनी बिचरा कक्षा पाँच भन्दा साना नानी बाबू नेट इन्टरनेट को सुबिधा नभएको घर कमाइ आए आर्जन मा समस्या भएको परिवार को बाबू नानी के पढ्छन होला कस्तो शिक्षा को भन्डारमा ताला आन्दोलन झैझगडा लुटपिट चोरी डकैती बलत्कारि ठेकदार देश सीधै बेच्ने नेता हुन या कलङ हरुलाइ के लकडाउन के बन्द के कोरोना जो होचो उसैको मुख मा घोचो के चहाँना गरे सामाजिक दुरि कायम गरेर शिक्षा लाई सुचारु गर्नु गल्ती हो मोबाइल ईन्टरनेट रिचार्ज को मार्केटिङ गर्नि आर्थिक पाटो पढाउनी ट्याक्स लीनी गर सरकार तीम्रो राम्रो नियति पाँच सय तलब घटे देश ब्यापी आन्दोलन गर्ने शिक्षक किन पढाइ हुुनुुपर्छ भनेर बोन्न हिच्कीचाउनु भाछ व्यापार हुनिहरुको व्यार भाछ पसु पालन गर्ने लाई घरको काम भाछ खेतीपाती गर्नु भाछ सबै काम भाछ स्कुल नगई तलब नि आछ के बाल मत्लब पढाइ होस या नहोस् सबै निकायमा काम सामाजिक दुरि कायम जनताको दुखमा मलम पट्टी दिने दिन कहिले आउँछ म मात्र नेपाल आमालाई पाउ परेर सोध्न चाहाँन्छु राजनीति यो काइते देश खानि देश द्रोही को अन्य कहिले हुन्छ आमा हजुर जति महान दयालु हुनुहुन्छ तेति निच र कठोर बनेर ई सबै कलङ्क हरुको अन्य गर्दिनु आमा है आमा हाम्रो देश हाम्रो पहिचान कहिले बाट हुन्छ ।

नाेट :- नेपालमा नि तल 👇️👇️देखाए जस्तै स्कुलमा बनाएर सञ्चालन गर्न अनुरोध गर्द छु धन्यवाद ।🙏🙏

Categories
home

कैलाली :- श्री इन्द्रेणी लालीगुराँस टूर एण्ड ट्राभल्सको कार्यालय धनगढीमा उद्घाटन


श्री इन्द्रेणी लालीगुराँस टूर एण्ड ट्राभल्सको कार्यालय उद्घाटन कैलाली धनगढी ।श्री इन्द्रेणी लालीगुराँस टूर एण्ड ट्राभल्स धनगढीको कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन मा धनगढी उपमहानगरपालिकाका मेयर निर्प बहादुर वडले गरेका हुन्
< आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको कार्यक्रममा मेयर वडसहित सुदूरपश्चिम यातायात प्रालि का कार्यलय प्रमुख देवीलाल जोशी , सुभ यातायातका उपाध्यक्ष नरेश थापा जि.शी .का शाखा प्रमुख प्रताप धामी सहित अन्य समाजसेवीको उपस्थिति उपस्थिति मानभावहरुमा धन्यवाद ज्ञापन गर्दछौं
श्री इन्देणी लालीगुराँस टुर एन्ड ट्राभल्स प्रा .लि. धनगढी कैलाली चौराहा भन्सार रोड कार्यलय

मिति २०७८/४/२०

Categories
home

कैलालीको गौरिगंगा नगरपालिकामा 6 कठौतीमा बाघले लियो गाउलेको सातो !

अस्ति पनि बाघा आयो भन्ने यसै फेसबुक पोष्ट मार्फत हालेको थिय तर आज पनि हाम्रो घर नजिकै बाघ आएको खबर छ किन पुलिस प्रसासन र यहाका निकाया को ध्यान जादैन अब मानवीय छति भए जान्छ ध्यान फेरि आज बाघ आको छरे जिल्ला प्रशासन कार्यालय कैलाली plase गौरिगंगा नपा 6 कठौति जंगलमा अहिले 8:30 मा 😢😢🙏आजसम्म मानवीय छति हुनबाट बचेका छौ❤️❤️

Categories
home

#बाल_बिबाह समाजका विथिती , विसंगति बिरुद्द आवाज समाज परिवर्तन हाम्रो अभियान / sound of youth /

बाल #बिबाहा🙏🙏🙏

जन्म बिबाहा अनि मृत्यु यो त जिन्दगीमा लेखेरै आको र भएरै हुने कुरा न हो।आज बिबाहा भन्दा पनि बाल बिबाहको बारेमा आफुले जानेका र भोगेका कुरा सामाजिक सन्जाल लेखि र अब आउने पुस्तालाइ धेरै होइन थोरै जानकारीका होस भनेर लेख्दै छु।लग भग 15 देखि 20 साल सम्मको उमेरमा बिबाहा गर्ने परम्परालाइ बाल बिबाहा भनिन्छ।

“”बाल विवाह हैन् शिक्षा दिउँ “”

जीवनमा व्यक्ति समाज आफू सक्षम शिक्षित हुन रोजगारी देखि विभिन्न कामका लागि शिक्षाको अति आवश्यक पर्छ तर बाल विवाहकै कारण यी सबै अपूर्ण हुन्छन् भने यसको अन्त्य जरुरी छ ।
आज कयौ युवा भन्दा पनि सयौ युवा यो रोगको चङ्गुमा फसि सकेका हुन्छन्

विशेष गरि सुदुर पशिम प्रदेशको अछाम जिल्ला अझ त्यो भन्दा पनि साफे बगर नगर पालिका व. डा .न .12का विभिन्न गाउँ जस्तै= बल्यात, गुता, माथी तुका,तलि तुका, पाल्त,पुत्रु, भेरासैन ,बाजुरा लगायत अन्य क्षेत्रमा यस्ता विकृति पुर्खारित  चलिरहेको छ जसले समाज गाउँ सबै अशिक्षित बनेका छन्
धेरै जसो बाल बिबाहा भएको देखिन्छ।एक त आफ्नो पेट पाल्न धौ धौ भैरहेको ठाउमा फेरि त्यसैमा बिबाहा गर्यो भने अझ मुस्किल जिन्दगी हुन जान्छ।साथी हरु बिबाहा नगर्नु होस भन्न खोजेको पक्कै होइन गर्नु पर्छ तर सोचेर बुझेर गर्दा सायद झोला पिठुमा अनि जिम्मेवारि काधमा राखेर लाला बाला अनि जन्म दिने बाआमा अनि उहीँ पियारिलाइ छोडेर प्रदेशमा ज्यान बेचेर पैसा कमाउनु पर्दैन थियो कि,,!सायद आकाशमा उडेर अनि रातो बाकाशमा ज्यान आउदैन थियो कि!सायद 40 कटेसी रमाउला साइली भन्ने गितले आखामा आँसु निकाल्दैन थियो कि!सानै उमेर बिबाहा गरेर आफ्नै पेट पाल्न धौ धौ भै रहेको मेरो गाउमा बिबाहा भै सकेपछि प्रदेशिनु बाध्यता हो।
यस्तै बाध्यतामा अहिले हजारौ होइन लाखौ युवा प्रदेसमा छन युवाको जोस जागर र जवानी
भनेको त्यहि उमेर मा हुन्छ त्यो उमेर भनेको केही गर्ने हो बिबाहा गर्ने उमेर होइन केही गर्ने उमेरमा बिबाहा गर्यो भने अनि कहाँ बाट जिन्दगी उबो लाग्ला र ,,? लाग्छ पनि होला उबो तर लगाउदा लगाउदा जिन्दगी गै सकेको हुन्छ दुखै दु:खमा!अनि हाम्रो भबिस्यको अर्को लक्ष भनेको एक कट्टा जमिन र एक घर मात्र हो
बाल बिबाहा गरि सके पछि अहिलेका युवाको प्रदेसिनु भन्दा बाहेक केही बिकल्प छैन।
म त भन्छु तपाईं र हाम्रो जिन्दगी त कहिले सिम्ला कहिले दिल्ली कहिले बुम्बै कहिले मलेसिया गरेर चलाउला तर तपाईं हाम्रो छोरा छोरी जिन्दगी कसरि चलाउने,,,?


कुनै दिन तपाईं हाम्रो गाउमा भैंसी डोका बुनेर अनि हलो र बाउसी खनेर जिन्दगी चलाउने अनि पारिको होइन आफ्नै भकारिको खाने पुर्खा पनि थिए।तपाईं हाम्रो बाउ आमा पर्देश गएरै जिन्दगी चलेको तपाईं हाम्रै आँखा अगाडि हुदा हुँदै तपाईं हामी पनि प्रदेश गररै जिन्दगी चलाउला भन्ने सोचमा हुनु हुन्छ भने त्यो सोच आजै बाट हटाउ।त्यसैले बाल बिबाहा पनि प्रदेशिनु को एउटा मुख्य कारण हो।।
एक्लो र परिवार मा धेरै फरक हुन जान्छ।बिबाहालाइ मजाकमा न लिउ बिबाहा भनेको लक्ष मा पुग्ने एउटा सहज बाटो हो त्यो असक्षम र बाल बिबाहाले सजिलै त्यो बाटो निहाल्न सक्दैन जस्तो लाग्छ।।त्यसैले जानेर भन्दा पनि भोगेर आएका तमाम युवाको छलफल सङ्गगै कसरी समाजलाई सम्झाउन अनि बुझाउन सकिन्छ।भन्ने हेतुमा 21 जना सदस्य सहित हामी म्यासेन्जर गुरुपमा हालको लागि एउटा सक्रिय टिम बनाउदै छौ तपाईं हरुले पनि साथ दिई दिनु होला।

🤝🤝🤝🤝🤝🤝🤝🤝🤝🤝🤝
🇳🇵बाल बिबाहा आफ्नै गाउँ बाट रोक्कौ🇳🇵
नाम …………..जिल्ला……………गाउँ…
(1)टेकराज रावल अछाम बल्यात
(2)सुरेश रावल अछाम बल्यात
(3)डम्बर रावल अछाम बल्यात
(4)खकेन्द्र कडायत अछाम माथी तुका
(5)कुल रावल अछाम पुत्त्र
(6)खेमराज कडायत अछाम माथी तुका
(7)मदन रावल अछाम बल्यात
(8)बिपिन कडायत अछाम माथी तुका
(9)टेक रावल अछाम बल्यात
(10)जँग रावल अछाम बल्यात
(11)सुक्र रावल अछाम बल्यात
(12)टेक रावल अछाम गुता
(13)अनिल खाती अछाम पाल्त
(14)खकेन्द्र राना अछाम तलि तुका
(15)मनिश रावल अछाम गुता
(16)बिक्रम रावल कैलालि कन्चन पुर
(17)रमेश कडायत अछाम भेरासैन
(18)ज्योती कडायत अछाम माथी तुका
(19)धर्म कडायत कैलाली भलुवा
(20)रमेश रावल अछाम बल्यात
(21)तिलक रावल कैलालि सान्तिपुर

🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔 नोट: केही कमिकम्जोरी पक्कै होलान यदि देख्नु भए भन्नू होला।रोक्छौ है भन्न त गारो छ तर कोसिस हरदम गरि रहन्छौ धन्यबाद🇳🇵🇳🇵🇳🇵जय युवा💪💪💪💪💪💪💪💪💪💪💪💪💪

Categories
home

बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ।

बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ । जिल्लाको मेलौली नगरपालिका –७ ल्वाथलीमा शुक्रबार बिहान फेला परेको शव डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडेकी ३६ बर्षीय खेट्टी मल्लको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपालमा छोरी चेलिहरु जोगिनै गारो छ जब सम्म यस्ता जघन्य अपराधी हरुलाइ पैसा पावर र राजनीतिक दलहरुको आडमा जोगाउने काम हुन्छ ढाकछोप गरिन्छ दिनहु कुनै कुनै छोरी चेली यसरी नै मारिदै जानेछ्न सत्यतथ्य छानबिन गरि दोसि जोसुकै होस कडा कार्वाही मात्रै होइन हत्या बलात्कार जस्ता अपराधीहरु लाई कानुन परिवर्तन गरेरै भए पनि फासिको सजाय हुनैपर्छ 😥😭😭

Categories
समाचार blog home

पुनर्वास नगरपालिका प्रबक्ता माथि निवेदन पेश कारबाहीको माग

कञ्चनपुरको पुनर्वास नगरपालिकाका प्रबक्ता श्री भारमल सुनार ज्यु ले सामजिक सञ्जाल फेसबुक मार्फत पार्टीगत आक्रोसमा व्यक्तिगत र समाजमा असर पर्ने गरी नगर र पदको मर्यादा बिर्सेर जिउँदो व्यक्तिमाथि श्रद्धाञ्जली लेख्दै पोस्ट गरेका थिए

र उक्त पोस्ट माथि पुनर्वासका युवा जनताले आक्रोस जनाउँदै भनेका छन् एक नगरपालिका को व्यक्ति जनता र देशको हितमा कार्य गर्ने गैरजिम्मेवारी पद बोकेको व्यक्तिको उक्त लेख माथि घोर आपत्ति जनाउँदै जनता हित विपरीत भएको भन्दै विरोधका साथै जिल्ला .प्रशासन.कार्यालयमा निवेदन पेश गरेका हुन्

अहिले उक्त पोस्ट Delete गरेका छन् जनताको आशा रहेका प्रवक्ताले कुनै व्यक्तिको व्यक्तिगत विरोधमा यस्तो लेख लेख्दा समाज देश र जनतालाई ठूलो असर गर्ने भएका कारण यस्ता पार्टीको दमन चलाउने व्यक्तिलाई नगर पालिका र कानुन मार्फत ध्यानाकर्षण गरी कानुन बमोजिम सके कार्बाहीको माग गर्दछौं

कुनै व्यक्ति माथि यस्ता शब्द प्रयोग गरी समाज र जनता माथि ठेस पुग्ने काम नगर्ने भनी प्रबक्ता बाट कबुल सहित कार्बाही गरीवस